म्याग्दीको लुलाङमा सुत्केरीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यातायातको पहुचँ नपुगेको म्याग्दीको धौवलागिरि गाउँपालिका– २ लुलाङमा मंगलबार सुत्केरीको मृत्यु भएको छ । सुत्केरी प्रश्चात रक्तश्रावले ३० बर्षिय सतिकला विकको मृत्यु भएको वडा अध्यक्ष गमप्रसाद विकले बताए । प्रसुतीपछि अत्याधिक रक्तश्रावका कारण विकको मृत्यु भएको हो । विकले सोमबार राति लुलाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिईन । मंगलबार विहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रुपमा ब्यहोस भएपछि आफन्तले स्वास्थ्य चौकीमा लगेका थिए ।हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दै गर्दा दिउँस २ बजे विकको मृत्य भएको वडाअध्यक्ष विकले बताए । धौवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसंग समन्वय गरेर निःशुल्क हेलिकप्टर सेवा मगाएको थियो । पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खवर सूचना आएको गाँउपालिका अध्यक्ष पुनले बताईन । विकले जन्माएको छोराको अवस्था भने सामान्य रहेको छ । यसअघि तिन सन्तानको जन्म दिएकी थिइन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *