मौसमविद् भन्छन् : तीन दिनसम्मै पानी पर्छ,सबैभन्दा धेरै वर्षा पोखरामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देशभर मनसुन सक्रिय भएसँगै देशका विभिन्‍न स्थानमा बिहीबार दिउँसोदेखि लगातार वर्षा भइरहेको छ। अविरल वर्षापछिको बाढी पहिरोले सिन्धुपाल्चोक, कास्की, जाजरकोट, म्याग्दी, गुल्मी, पश्चिम रुकुमल चीतवन गायतका विभिन्न जिल्लाहरूमा धनजनको ठूलो क्षति गरेको छ। गडण्की प्रदेशमा सबैभन्दा धेरै वर्षाभएको जल तथा मौसम पूर्वानुमान माहाशाखाकाले जनाएको छ । हाल देशभरको मौसममा बदली भई वर्षा भइरहेको पनि माहाशाखाको विवरणमा देखिएको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै वर्षा गडण्की प्रदेशमा भएको छ। हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको र त्यसको असरले गर्दा देशका तराईदेखि पहाडी भेगमा समेत भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

गत २४ घन्टाको विवरणअनुसार पोखरामा २५०.९ मिलिमिटर पानी परेको छ। मौसम पूर्वामानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यो वर्ष हालसम्मको विवरणअनुसार पोखरामा धेरै वर्षा भएको छ। पोखरामा २५०.९ मिलिमिटर पानी पर्नु भनेको एकदम धेरै वर्षा भएको हो यो क्रम अझै बढ्ने देखिन्छु उनले भने, गत सालहरूको तुलनामा कति वर्षा भयो भन्नको लागि अझै केही समय कुर्नुपर्छ यो वर्षको वर्षा भर्खरै सुरु भएको छ। यस्तै, पोखरापछि २४ घन्टामा सबैभन्दा धेरै वर्षा पाँच नम्बर प्रदेशको भैरहवामा परेको छ। भैरहवामा १३४.३ मिलिमिटर, यस्तै सिमरामा १२८.४ मिलिमिटर, यस्तै विराटनगरमा ३७.८ मिलिमिटर, नेपालगन्जमा ७६ मिलिमिटर पानी परेको छ। अझै तीन दिनसम्म देशभर भारी वर्षा हुने हुँदा सतर्कता अपनाउनुपर्ने महाशाखाले अनुरोध गरेको छ ।

प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ। मौसमविद् ले यो वर्षा अझै केही दिनसम्म वर्षा भइरहने बताएकाछन् ।

तीन दिनसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ। वर्षापछि बाढी, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागको अनुरोध छ।

 

 

 

 

 

 

 

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *