मोरङमा भएको सवारी दुर्घ*टनामा २ व्यत्ति र ४ गोरुको मृ”त्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विराटनगर मोरङमा शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–२ जय चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रोकेर राखेको गोरु लोड गरिएको ट्रकमा अर्को ट्रक पछाडिबाट ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

बिहान ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०९१ नम्बरको ट्रकले सडकमा रोकेर राखेको गोरु लोड गरिएको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक चितवन भरतपुर नगरपालिका–११ का २८ वर्षीय अजय अधिकारी र सहचालक भरतपुर–१ कै ३० वर्षीय अंकित घर्तीमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए।

उनका अनुसार चालक अधिकारीको घटनास्थलमै र सहचालक घर्तीमगरको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक नवलपरासीबाट सात सय ५० काटुन गोर्खा स्ट्रङ वियर लिएर झापाको दमकतर्फ गएको खुलेको छ । डीएसपी गिरीले ठक्कर दिने ट्रक तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएर दुर्घटना भएको जानकारी दिए । लामो रुटमा एक जना मात्रै चालकले कुदाएको र चालकको निद्रा नपुगेका कारण अगाडि रहेको अर्को ट्रक ठम्याउन नसक्दा पनि ठोक्किएको हुन सक्ने उनको भनाइ छ ।

रोकेर राखेको ट्रकमा भने जीवित र मृत गरेर २८ वटा गोरु भेटिएका छन् । जसमा चारवटा मरेका र २४ वटा जीवितै थिए । ‘वियर लोड गरेको ट्रकले अर्कोलाई ठक्कर दिँदा भएको दुर्घटनामै गोरु मरेका हुन सक्छन्,’ गिरीले भने, ‘२४ वटा जीवितै भेटिएका पनि सबै घाइते अवस्थामा छन् ।’ दुर्घटनामै परेर गोरुहरु घाइते भएको र सबै जसोको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

गोरु सर्लाहीको लालबन्दीस्थित पशु हाटबजारबाट खरिद गरेर ल्याइएको खुलेको प्रहरीको भनाइ छ । ‘प्रारम्भिक अनुसन्धानबाट प्रक्रिया पूरा गरेरै झापाको घैलाडुब्बातर्फ गोरु लिएर गएको खुलेको देखिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *