मोरङमा चन्द नेकपाका दुई कार्यकर्ता ठुलो मात्रामा बिस्फोटक पदार्थ सहित पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेत्रविक्रम चन्द निकट नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई रहेका छन ।

उनीहरु मिक्लाजुङको घुर्मिसेवाट पक्राउ परेका हुन । घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथवाठ भरुवा बन्दुक एक थान, जिलेटिन तीन केजी, सुतली बम दुई थान, सकेट बम एक थान, टुकी बम एक थान बरामद भएको छ ।

त्यस्तै इलेक्ट्रिक डेटोनेटर पैतिस थान, ननइलेक्ट्रिक डेटोनेटर अठार थान, गन पाउडर र बारुद चार बट्टा लगायतका सामग्री बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *