मोरङमा एकै परिवारका १४ सहित २२ जनामा कोरोना संक्रमण, रंगेली सिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङको रंगेली नगरपालिका को बडा नम्बर ७ तीन दिन का लागि पुर्ण रुपमा सिल गरिएको छ ।

रंगेली नगरपालीकामा एकै परिवार भित्रका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सो स्थानहरु सिल गरिएको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले जानकारी दिएकाहुन । संक्रमित मध्य पाच जना विद्युत प्राधिकरणर रंगेली वितरण केन्द्रका कर्मचारी र तीन जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी रहेकाछन् ।

अस्पतालका दुई जना प्राविधिक र एक सहयोगीमा पनी संक्रमण देखिएको छ । गत बुधबार सोनवर्षी नगरपालिका ८ सक्टीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

रंगेलीको रंगेली बजारको पूर्वमा मधुवनी चौक र पिपल चौक देखि सुनवर्षी सिमाना, पश्चिममा चिसाङ खोला, उत्तरमा निचामारि बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेट यति चार किल्ला भित्र राती १२ बजे देखि लागु हुनेगरि सिल गरिएको हो । रंगेली अस्पतालको ईमरजेन्सी सेवाहरु समेत मिति २० गते देखि अर्को सूचना सूचना नभए सम्मका लागि बन्द रहने छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *