मोरङको पथरी शनिश्चरेमा प्रहरी र सुकुम्बासी बिच झडप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङको पथरी शनिश्चरेमा प्रहरी र स्थानीय सुकुम्बासी विच झडप भएको छ ।
शनिश्चरेका सुकुम्बासीले चार जनालाई केही घन्टादेखि बन्धक बनाए पछि पुगेको प्रहरी र स्थानीय बिच झडप भएको छ ।

पथरी शनिश्चरे बडा नम्बर ३ र ७ मा रहेको जग्गा देखाउदै गरेको अवस्थामा जग्गाको भोगचलन गर्दै आएका स्थानीयले उनीहरुलाई बन्धक बनाएका हुन । स्थानीयले जग्गा हेर्नै आएकालाई कुटपिट समेत गरेका थिए । स्थानीयको कुटाईबाट चारैजना घाइते समेत भएका छन ।

जग्गा हेर्न जाने समूहमा पाँच जना भएपनि एक जना भने भाग्न सफल भएको बताइएको छ । सुकुम्बासी बस्दै आएको क्षेत्रमा नक्कली लालपूर्जाको आधारमा जग्गा किनबेच हुँदै आएको भन्दै स्थानीय आक्रोशित छन । सुकुम्बासीको कब्जामा रहेकाको उद्धार गर्ने गएको प्रहरीले स्थानीयलाई दुरव्यवहार गरेको सुकुम्बासीले आरोप लागएका छन भने घरटनाको रिपोटिङमा रहेका स्थानीय प्रत्रकार गोपाल काफ्ले माथी पनी प्रहरीले हातपात गरेको छ । प्रहरीले पत्रकार काफ्लेको मोबाईल समेत तोडफोड गरेको छ ।

सुकुम्बासीले बन्धक बनाएकाले भने आफुहरु साथीको जग्गा हेर्न आएको समयमा एक्कासी आक्रमणमा परेको बताएका छन ।

जग्गामा भूमाफियाले आँखा लगाए पनि प्रहरीले नियन्त्रणको प्रयास नगरेको भन्दै स्थानीय आक्रोशित छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *