मोबाइल ब्यालेन्सबाटै सामान किन्न मिल्ने सेवा थाल्दै टेलिकम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले आगामी पुसभित्र मोबाइलको ब्यालेन्स प्रयोग गरी सामान खरिदको भुक्तानी गर्न सकिने सुविधा सञ्चालनमा ल्याउने भएको छ ।यो सिस्टमको लागि आवश्यक हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव शुक्रबार खोलिएको टेलिकमले जनाएको छ ।टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार पुस महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी कम्पनीले तयारी अघि बढाएको छ । जसअनुसार शुक्रबार ठेक्काको आर्थिक प्रस्ताव खोलिएको हो ।

यसअघि गएको साउन २० गते टेलिकमले मोबाइल मनी सेवा सञ्चालनमा ल्याउन असोज २ गतेसम्मको समय अवधि दिएर अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको थियो ।जसमा भारतका तीन कम्पनी सिक्सडी, कमभिभा, वान नाइन्टी सेभेन, अमेरिकी कम्पनी पानाम्याक्स र सिमलेस कम्पनी र चिनियाँ कम्पनी सेन्जेन किङ्डम रहेको स्रोतले जानकारी दिएको छ । उनिहरुले आर्थिक प्रस्ताव शुक्रबार खोलिएको हो ।अब यसैका आधारमा ती कम्पनीहरुले हालेको प्राविधिक प्रस्ताव खोलिने छ । प्राविधिक प्रस्तावको मूल्यांकनपछि ठेक्काको नतिजा सार्वजनिक हुनेछ । यसका लागि बढीमा १० दिन लाग्न सक्नेछ।

उक्त नतिजापछि कम्पनीसँग सम्झौता भएको मितिले ३ महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी सम्झौता हुनेछ ।यसअघि भुक्तानी सेवा सुरु गर्न नेपाल राष्ट्र बैंकले दिएको अनुमति अनुसार पनि टेलिकमले माघको पहिलो हप्ताभित्र सेवा सञ्चालनमा ल्याइसक्नु पर्नेछ ।

राष्ट्र बैंकले साउन पहिलो साता टेलिकमलाई ६ महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने गरी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको थियो ।त्यसअघि टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले गत माघ १४ मा कम्पनीको मोबाइल मनी सेवा सुरु गर्न अनुमति दिएको थियो ।

त्यसपश्चात नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच मोबाइलमा रहेको ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने सेवा सुरु गर्ने र त्यसका लागि छुट्टै कम्पनी स्थापना गर्ने गरी सम्झौता भएको थियो । जस अनुसार डिजिटल पेमेन्ट कम्पनी लिमिटेड खडा भइसकेको छ । टेलिकमले यसअघि नै टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिसकेको छ ।टेक पानाबाट

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *