मोटरसाइकल र भ्यान ठोक्किदा दुईजनाको मृत्यु एक घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुर – धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गनेशमान चारनाथ नगरपालिका वडा नं ६ स्थित गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । गणेशमान चारनाथ वडा नं-४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको मृत्यु भएको छ भने उनका १० वर्षीय छोरा जोनकुमार साह सामान्य घाइते रहेको धनुषा प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *