मोगादिसुमा शक्तीशाली कारबम विष्टोट ७६ भन्दा बढीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सोमालियाको राजधानी मोगादिसुमा शत्तिशाली कारबम विष्पोट हुदा कम्तीमा पनी ७६ जनाको मृत्यु भएको छ ।
कार बम विस्फोटनमा परी सोमालियामा ७६ भन्दा बढीको मृत्यु भएको हो । मोगादिसुमा शनिबार भएको घटनामा परी अरु केही घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरी र प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार विस्फोटनको आवाज निकै ठूलो सुनिएको थियो । विस्फोटनपछि स्थानीय बासिन्दा त्रसित भएका थिए ।
“भयङ्कर विस्फोटन भएको थियो, ७६ जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टी भएको छ, अरु धेरै घाइते भएका छन्,” एक जना प्रहरी अधिकृत इब्राहिम मोहम्मदले भने ।
उनले घाइतेहरु मध्ये केहीको अवस्था गभ्मीर रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताए।

“मैले २२ ओटा शव त गनेको थिए, ती सवै जना सर्वसाधारण हुन्, अरु ३० भन्दा बढी घाइते भएका छन्,” घटनाको प्रत्यक्षदर्शी एक स्थानीयबासी अहमद मोहलिम वार्सामले भने । उनले निकै ठूलो दुःखद घटना भएको भन्दै आज शनिबारको दिनलाई कालो दिनको संज्ञा पनि दिए ।एजेन्सी

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *