मेस्सीले बार्सिलोना नछोडे अध्यक्षले राजीनामा दिने !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्पेनिस फुटबल क्लव बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले लियोनल मेस्सी क्लबमै रहने भए आफू पद छाड्न पनि तयार भएको बताएका छन् । उनले त्यसका लागि मेस्सीले सार्वजनिक रूपमा आफू बार्सिलोनामै रहने बताउनुपर्ने सर्त राखेका छन् ।

यसअघि बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर रमोन प्लेन्सले पनि मेस्सी क्लबमा रहने हो भने उनलाई केन्द्रमा राखेर टिम निर्माण गर्न आफु तयार रहेको बताएका थिए । च्याम्पियन्स लिगमा खराब प्रदर्शनपछि कप्तान मेस्सी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको व्यवहारप्रति असन्तुष्ट छन् ।

सोही कारण उनले क्लव छाडने घोषणा गरेपछि बार्सिलोना पछिल्लो समय संकटमा छन् । बार्सिलोनाले लुइस स्वारेजलाई गरेको ब्यवहारप्रति पनि मेस्सीको असन्तुष्टि छ ।एजेन्सी

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *