मेलम्ची सुरुङ दुर्घटना प्रकरण :इन्जिनियर सतिश कुमार गोईतलाई सहिद घोषणा मांगगर्दै जनकपुरमा प्रर्दशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएका इन्जिनियर सतिश कुमार गोईतलाई सहिद घोषणा गर्नु पर्ने मांगका साथ युवाहरुले बुधबार जनकपुरमा प्रदर्शन गरेका छन् ।

बुधवार जनकपुरधामका युवाहरु कदम चौकमा स्व. इन्जिनियर सतिश कुमार गोईतको मृत्यु सरकारको लापरवाहीका कारण भएको आरोप लगाउँदै, बिभिन्न नाराका साथ पिडीत परिवारलाई उचीत क्षतीपूर्ती र घटनाको छानबिन हुनु पर्ने मांग राख्दै बिरोध प्रदर्शन गरेका छन ।

प्रदर्शनमा उत्रेका अघि जनकपुरधामका यूवा विद्यार्थीहरुले इन्जिनियर सतिश कुमार गोईतलाई सहित घोषणा गर्नु पर्ने र घटनाको छानबिन हुनु पर्ने मांगका साथ धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *