काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल सिन्धुपाल्चोक जानुभएको छ । प्रधानमन्त्री दाहालको साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलगायतको टीम गएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल आज दिनभर नै सिन्धुपाल्चोकमै रहने कार्यक्रम रहेको छ । उहाँले मेलम्ची खानेपानी आयोजनाको पछिल्लो अवस्थाको जानकारी लिने र स्थानीय बासिन्दासँग छलफल र भेटघाट गर्नुहुनेछ ।

दाहाल सिन्धुपाल्चोकबाट अपराह्न ५ बजे काठमाडौं फर्किनु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय