मेलम्चीआयोजनाको सुरुङमा दुईजना बेपत्ता

सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा आयोजनाका एक इन्जिनियर र एक सवारी चालक रहेको प्रहरीले जानकारी दिएको छ ।
सुरुङमा पानी हालेर परीक्षण गरिरहेको समयमा समस्या देखिएपछि हेर्न सुरुङभित्र प्रवेश गरेका चार जनालाई पानीले बगाएको थियो। बगाएका चारमध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ। बाँकी दुई अझै बेपत्ता रहेकाले उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ।
(Visited 1 times, 1 visits today)