मेयरले एक्लौटी गरेको आरोप,विशेष नगर सभा वोलाउन माग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नगर प्रमुखले छलफल नै नभएको विषय माइन्युटमा छिराएर एक्लोटी काम गर्न खोजेको भन्दै भुमिकास्थान नगरपालिकाका जनप्रतिनिधिहरुले विशेष नगर सभा बोलाउन माग गरेका छन् ।

विवाद चर्किदै गएपछि नगर उपप्रमुख , पाँच जना वडा अध्यक्ष सहित २० जना नगर सभा सदस्यले हस्ताक्षर संकलन गरेर नगर प्रमुखलाई विशेष नगर सभा वोलाउन माग गरेको नगरपालिकाका नगर उपप्रमुख खडानन्द वेल्वासेले बताउनु भयो ।

गएको आषढ ५ गतेको कार्यपालिकाको बैठक र १० गतेको नगर सभा बैठकमा संघिय सरकारबाट भुमिकास्थान नगरपालिका वडा नम्वर ५ असुरकोटको स्वास्थ्य चौकी भवन स्तरोन्नती तथा १५ सैयाको अस्पताल बनाउने योजनाका विषयमा छलफल नै भएको थिएन । नगर उपप्रमुख वेल्वासेले भने माइन्युटमा उक्त योजना छेउमा पर्ने भन्दै वडा नम्वर ७ र ८ को विचमा १५ सैयाको अस्पताल बनाउने भनेर निर्णय भएछ । नगर प्रमुखले एक्लौटी रुपमा छलफलनै नभएका विषय माइन्युटमा छिराएको उनको आरोप छ ।

त्यती मात्र हैन गत असार ९ गते बसेको कार्यपालिकाको बैठकमा छलफल नै नभएको विषय करारका कर्मचारीको म्याद थप गर्ने निर्णय प्रस्ताव नम्वर ६ मा राखेर निर्णय गरिएको भुमिकास्थान नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष तथा प्रबक्ता बाबुराम सुनारले बताउनु भयो । उनले करारका कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा कुनैपछि छलफल नभएको उहाँको भनाइ छ ।

नगर प्रमुखले बैठकको बिधि, मुल्य, मान्यता र परम्परा विपरित कागजात मिलाउने, विषयबस्तु तोडमोड गर्ने र नगर सभाको हवला दिदै विभिन्न कामहरु अगाडी बढाएको भन्दै नगर प्रमुखको विरुद्धमा नगर उपप्रमुख खडानन्द वेल्वासे, वडा नम्वर ४ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता वावुराम सुनार, वडा नम्वर १ का वडा अध्यक्ष भोजराज खनाल, २ का वडा अध्यक्ष बुद्धिबहादुर थापा, ५ का वडा अध्यक्ष तुल्सीराम वेल्वासे, ६ का वडा अध्यक्ष झविलाल बन्जाडे सहित ३१ जना उत्रिएका छन् ।

नगर सभाको बैठक र कार्यपालिकाको बैठकमा छलफल भएको विषय मात्र माइन्युटमा राखेर निर्णय गरिएको नगर प्रमुख रेशम थापाले बताउनु भयो । आफुमाथी झुटो आरोप लगाएको नगर प्रमुखको भनाई छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *