मेन्ज फाउन्डेशनद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

काठमाडौं -कोविड १९ अर्थात कोरोना भाइरसले महामारीको रुप लिइरहँदा सुरक्षाका लागि खटिरहेका सुरक्षाकर्मीहरुलाई मेन्ज फाउन्डेशनले फेस शिल्ड वितरण गरिएको छ । महामारीका बेला डिउटीमा खटिने सुरक्षाकर्मीको लागि फाउन्डेसनले अत्यावश्यकीय स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन् ।
काठमाडौं उत्पत्यका ट्राफिक प्रहरी इन्चार्ज भिम ढकालको आग्रह अनुसार एक सय तीन थान फेस शिल्ड वितरण गरेको फाउन्डेशनका अध्यक्ष खानले जानकारी दिए । खानले ढकाल र ठमेल ट्राफिक प्रहरी प्रमुख विनय अर्याल मार्फत उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
नेपाली कांगे्रस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सदस्य समेत रहेका कांग्रेस नेता खानले यसअघि पनि पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लक्षीत गरी पिपिइ, मास्क, स्यानिटाइजर लगाएतका लाखौँ मुल्य बराबरको स्वास्थ्य सामाग्रीहरु वितरण गरेका थिए ।
‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ खानले ठमेलको सातघुम्तीबाट दैनिक सातसय जनाका दरले हजारौँलाई भोजन गराएका थिए । नेपाली कांग्रेसका भातृसंगठन मुस्लिम विभागका केन्द्रीय सदस्य समेत रहेका खान कांगे्रसका उदयमान उर्जावान युवा नेता हुन् । समाज सेवा मार्फत नै राजनीतिक छवि बनाइसकेका उनी कांग्रलोकप्रीय युवा नेता हुन् ।
‘