मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

काउन्सिल अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ । काउन्सिलमा रजिष्ट्रारसहित काउन्सिलमा ७ जना सदस्यको पद खाली रहेको थियो । काउन्सिलमा २० जना सदस्य हुन्छन् ।

डाक्टर धर्मकान्त बास्कोटाको कार्यकाल जेठमा सकिएपछि काउन्सिलमा अध्यक्षको पद रिक्त थियो । बाँस्कोटालाई भने सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउने सरकारको तयारी छ । डा.कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको थियो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *