मेडिकल कलेजहरुले शुल्क तत्काल फिर्ता नगरे पुनः सत्याग्रहमा बस्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा सुधार अभियन्ता डाक्टर गोविन्द केसीले तोकिएकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई शुल्क तत्काल फिर्ता गराउन सरकारलाई आग्रह गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो सत्याग्रह र विद्यार्थीहरुको आन्दोलनका बाबजुद मेडिकल कलेजहरुले शुल्क फिर्ता नगरेकाले तत्काल फिर्ता गराउन माग गरेका हुन । शुल्क फिर्ता गराउने समयसीमा बढाउने बाहेक सरकारले केही गर्न नसकेको भन्दै डा. केसीले शुल्क फिर्ता नभए आफू पुनः सत्याग्रहमा बस्ने चेतावनीसमेत दिएका छन् ।
उनले विद्यार्थीसँग अतिरिक्त शुल्क असुलेका मेडिकल कलेज सञ्चालकलाई तत्कालै पक्राउ गरेर फौजदारी मुद्दा चलाउन माग गरेका छन । मुद्दा चलाउँदै निजी मेडिकल कलेजहरुको राष्ट्रियकरण प्रक्रिया अगाडि बढाउनुपर्ने पनि उनको माग छ ।।
(Visited 1 times, 1 visits today)