मुस्लिम सभा गर्न सरकारले दियो अनुमति, भारतको चासो बढ्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजविराज। सप्तरीको बरसाईन नगरपालिका वडा नम्बर ५ जाँजरमा हुने मुस्लिम समुदायको इज्तिमा कार्यक्रम अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा गृह मन्त्रालयले पुनः अनुमति दिएको छ । गृह मन्त्रालयको निर्णयपछि भारतीय सुरक्षाकर्मीले कार्यक्रमप्रति चासो देखाएका छन्।

शुक्रबार विहार राज्य मधुबनी जिल्लास्थित पुलिस स्टेसन लौकहि थानाका प्रमुख अरविन्द कमारले सप्तरीका डिएसपी तिलक भारतीसँग भेटघाट गरेका छन्। गत बिहीवार मात्रै नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिम समुदाय समेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न निर्देशन गरेको थियो।

सोहि सर्त अनुसार नेपाल भारतबाहेकका नागरिकलाई फर्काउन अहिले प्रशासनले तयारी गरेको छ । त्यसका लागि ६ सय नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । फागुन ३, ४ र ५ गते हुने भनिएको कार्यक्रममा २ लाख मुस्लिम समुदाय सहभागी हुने बताईएको छ। हालसम्म १ लाख ५० हजार भन्दा बढी मुस्लिम समुदाय कार्यक्रमस्थलमा आइसकेका जानकारी दिइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *