मुलुकलाई दिग्भ्रमित र विखण्डित गराउने कोशिस भैरहेको मन्त्री योगश भट्राईको आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

[pl_row]
[pl_col col=12]
[pl_text]

संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई दिग्भ्रमित र विखण्डित गराउने कोशिस भइरहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औँ प्राज्ञसभा उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृङ्गलता र अराजकताले मुलुकलाई दिग्भ्रमित र विखण्डित गराउने कोशिस गरिरहेको बताउनुभएको हो । उहाँले नेपालीको सभ्यता, मित्रता र सामाजिक सद्भावलाई अराजकतामा लगेर दिग्भ्रमित बनाउने कोशिस भइरहेका बेला विद्वतवर्गले सबै जातजाति र भाषाभाषीले प्रतिष्ठानलाई अझ नजिकबाट चिन्ह सकुन् भन्ने आग्रह गर्नुभयो । मन्त्री भट्टराईले प्राज्ञिक संस्थाहरुले सभ्याताको विकास कसरी भयो ? साम्राज्यावादीसँग पूर्खाहरुले कसरी लडे भन्नेबारेमा नयाँ पुस्तामा चेतना जाग्रित गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो । उहाले प्राज्ञहरुले नै समाजलाई रुपान्तरण गराउने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाले गौरवपूर्ण योजनामा सरकारले बजेट दिने वचन दिँदै ठूला ठूला विकासका आयोजनामा सरकारले हात हालेपनि वाङ्यमय क्षेत्रलाई नबिर्सने बताउनुभयो ।

कार्यक्रममा शुभकामना सन्देश पठाउदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न सातै प्रदेश र समग्र देशको लेखन यस महत्वाकांक्षी योजना कार्यान्वयन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई सरकारले अतिरिक्त बजेट दिने प्रतिवद्धता जनाउनुभयो । प्रतिष्ठानले राष्ट्रिय गौरवको आयोजनाका रुपमा पाँच वर्षभित्र नेपालको सातै प्रदेशसँग सम्बन्धित र नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउने खालको ग्रन्थ प्रकाशनको योजना अघि सारेको थियो । सोका लागि अतिरिक्त करीब रु १२ करोड लाग्ने अनुमान गरिएको छ । प्रतिष्ठानको वार्षिक नियमित कूल बजेट रु १७ करोड छ ।

मुलुकलाई दिग्भ्रमित र विखण्डित गराउने कोशिस भैरहेको मन्त्री योगश भट्राईको आरोप

[/pl_text]
[/pl_col]
[/pl_row]

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *