मुलुकको शासन प्रणाली परिवर्तन नभएसम्म मुलुकमा दिगो स्थीरता नहुने :बाबुराम भट्टराई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले मुलुकको शासन प्रणाली परिवर्तन नभएसम्म मुलुकमा दिगो स्थीरता नहुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित समाजवादीको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले मुलुकको बर्तमान शासन प्रणालीले दुई तिहाइको सरकार पनि स्थीर हुन नसकेको भन्दै शासकिय प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । उहाले मुलुकलाई दिगो स्थीरतातर्फ लैजान पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचीत राष्ट्रपतिय प्रणालीको व्यवस्था हुनुपर्ने दोहराउनुभयो । उहाले मुलुकका देखिएका बिभिन्न व्यवस्थालाइ परिमार्जन गर्दै समृद्धिको दिशातर्फ जानुको बिकल्प नरहेको धारणा पनि राख्नुभयो । जनताले विश्वास गरेका पुराना पार्टी कांग्रेस र कम्युनिष्ट पार्टिबाट निराशामात्र पैदा भएको उहाको भनाई छ । उहाले समृद्धि र बिकास हासिल गरेमात्रै मुलुक बलियो हुने तर्क गर्नुभयो ।

भट्टराईले जनताको विश्वास लिएर नै जनताको अधिकार स्थापीत गर्नका लागी संविधान संशोधन गर्न सकिने बताउनुभयो । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराइएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *