मुख्यमन्त्री शेरधन राईलाई पति दाबी गर्दै एक महिलाले गराईन काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् ।

दोलखा घर भएको बताउँने बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार शुक्रबार दिउँसो बालिका खड्का राई नाम गरेकी महिलाले राईविरुद्ध मुद्दा दायर गरेएको बुझिएको छ ।

खड्काले राईले आफूसँग विवाह गरेको र पछि घरेलु हिंसा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरेकी छन् । उनले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूलाई अंशबण्डा गरिनुपर्ने मागदाबी गरेकी छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *