मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपालमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं । मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपाल आइपुगेकी छन् । उनी विहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई उसको २५ औं वार्षिकोत्सवमा निमन्त्रणा गरेको थियो । सोही निमन्त्रणा मान्न उनीहरु नेपाल आएका हुन् ।

दुई संस्थाबीच २३ वर्षदेखिको सुमधुर सम्बन्ध रहँदै आएकोमा अहिले आएर पहिलो पटक मिस वर्ल्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वर्ल्डले नेपाल भ्रमणमा आएका हुन् ।

नेपाल भ्रमणको क्रममा मिस वर्ल्ड अर्गनाइजेसन समूहले नेपालले मिस वल्र्ड प्रतियोगिता आयोजना गर्ने सम्भावनालाई ध्यान दिनेछ । यो टोलीले मिस वर्ल्डमा ‘विउटी विथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्लासमेत भ्रमण गर्ने मिस नेपाल आयोजक हिडेन ट्रेजरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *