मिलेनियम च्यालेञ्ज कर्पोरेशन ‘एमसिसी’ नेपालको हितमा : कमल थापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन ‘एमसिसी’ आयोजना नेपालको हितमा रहेको बताएका छन् । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले एमसिसीको देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए । एमसिसी संसदमा पारित हुने विषय ठूलो नभएपनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्ने अध्यक्ष थापाको भनाइ छ ।

अध्यक्ष थापाले नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको पनि उल्लेख गरे । विगतमा अस्थिरताबाट जनता वाक्क भएकाले सरकार ढाल्ने कुरामा जनताको रुचि नभएको उनको भनाइ थियो । अध्यक्ष थापाले राष्ट्रिय एकता, शान्ति र स्थायित्वका लागि साझा संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको पनि दोहो¥याए । राजा र राजसंस्थालाई बिवादमा तान्न नहुने उनको भनाइ छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *