मिन्हाज खान मुस्लिम संघको केन्द्रीय सदस्यमा मनोनित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं -नेपाली कांग्रेसका युवा नेता मिन्हाज खान मुस्लिम संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । कोविड १९ मा निरन्तर मानविय सेवा गरेर कोविड हिरोबाट समेत पुरस्कृत खान कांग्रसको सक्रिया राजनीतिमा क्रियाशिल छन् ।

काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सदस्य समेत रहेका खान युवाहरु माझ लोकप्रीय नेता हुन् । नेपाली कांग्रेसको विभिन्न भात्रृ संगठनहरुलाई पूर्णता दिने क्रममा पार्टी सभापति शेरबहादुर देउवाले खानलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

पछिल्लो समय कोरोना महामारीको समयमा उनले गरेको समाजसेवाको उच्च मुल्यांकनका साथ कोविड १९ को हिरो उपाधीबाट समेत सम्मानीत भएका थिए । उनले मेन्ज फाउन्डेशन मार्फत निरन्तर समाज सेवा गर्दै आएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *