मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मैथिल महिलाहरुको प्रमुख पर्व मधुश्रावणी शुक्राबारदेखि शुरु भएको छ । १३ दिनसम्म चल्ने सो पर्वमा नवविवाहित महिलाहरु भगवान शिव र विषहर अर्थात नाग देवताको पूजा गर्छन् । यो विशेष अनुष्ठानमा नवविवाहित महिलाहरु भगवानसंग आफ्नो भावी सुखी जीवनको मंगल कामना गर्ने गर्छन् ।

मधुश्रावणी पूजाको समयमा नवविवाहित महिलाहरु लोकगीत गाउँदै आफ्ना साथीहरुको समूह बनाएर साँझको समयमा बगैँचाबाट फूल पात तोडेर ल्याउँछन् । तोडिएका सोही फूल पातले भोली पल्ट बिहान भगवानको पूजा गर्ने गर्छन् ।

यस अवधिमा महिलाहरुले पूजा र अनुष्ठान गर्दै देवी पार्वती गौरी, सूर्य, चंद्र, नवग्रह, नागको विधिवत पूजा गर्छन् । पूजा पश्चात कथा सुनाइन्छ । सोही समयमा महिलारु भजन र लोकगीत समेत गाउँछन् ।

मधुश्रावणीको अन्तिम दिन नव विवाहिता व्रती महिलाको ससुरालीबाट पूजन सामग्रीका साथै पकवान र नव वस्त्र उपहार आउँछ, सोही पूजन सामग्रीबाट पूजा समापन गरिन्छ । पूजाको प्रारम्भ र अन्त्यमा महिलाहरुलाई प्रसाद स्वरुप गुलियो खाना दिइने गरिन्छ ।

साउनको महिना आए लगत्तै मिथिलांचलमा संस्कृतिले भरिएका मधुश्रावणीका गीतहरु समेत गूजिन थालेको छ । यो महिना आउनुभन्दा अगावै नवविवाहित महिलाहरु यस पर्वको तयारीमा लागि सकेका हुन्छन् ।श्रीमानको दिर्घायुको कामनाका साथ मनाइने यो पर्व मिथिलामा मात्रै हुन्छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *