मिथिलाञ्चलमा जितियापर्वको रौनक,के हाे जितिया ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मिथिलाञ्चलका महिलाको महत्वपुर्ण पर्व जितिया शुक्रबारबाट सुरु भएको छ । सन्तानको दीर्घायुको कामना गर्दै यो पर्वमा महिलाहरु अष्टमी तिथिभरी व्रत बस्ने गर्दछन ।

जितियाको अबसरमा शुक्रबार जनकपुरको प्रमुख तलाउहरुमा महिलाहरुले नुहाई जितवाहन भगवानको पुजा गरेका छन । जनकपुरधामको गंगा सागर र धनुष सागरमा पूजा गर्नेहरुको भीड लाग्ने गर्छ ।

मिथिलाञ्चल क्षेत्रमा धार्मिक विधिअनुसार नहाए खाए गर्दै शुक्रबारदेखि जितिया पर्व सुरु भएको हो । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिको कामना गर्दै मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको छ ।

जितियाको पहिलो दिनलाई महिलाहरुले नहायखाए भन्ने गर्दछन् । नहाए खाएको अर्थ चोखो हुनु मानिन्छ ।

मिथिलाञ्चलमा नहाय खाए अन्तर्गत माछा र कोदोको रोटी खाने चलन छ । अष्टमी तिथि सुरु हुनु पूर्व ब्रत बस्ने महिलाहरु घरका सवै सदस्यसँगै बसेर दही च्युरा खाने गर्दछन् । अष्टमी तिथि सुरु भएपछि निराहार उपवास बस्ने चलन छ । व्रतका क्रममा पानी पनि नखाने परम्परा रहेको छ । जितिया पर्व आइतवार सकिने छ । राजा शालिवहानको राज्यमा दैत्यले उठाएर लगेका एउटी महिलाका सात छोरालाई राजाले फिर्ता ल्याइदिएको र त्यसै दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी महिलाहरुले राजाको सम्झनामा उपवास बस्न थालेसँगै यो व्रत शुरु भएको पौराणिक कथन छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *