माथिल्लो कर्णाली जलविद्युत आयोजना नजीक बम विस्फोट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

माथिल्लो कर्णाली जलविद्युत आयोजना स्थल नजिकै बम विष्फोट भएको छ । जिएमआर कार्यालय रहेको कर्णाली नदी पारी अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका –३ को खैरीटाकुरीमा शुक्रवार राती सवा १० बजेतिर बम विष्फोटन भएको हो ।

नेपाल सरकारद्धारा प्रतिबन्धित पार्टी विप्लव समुहले बम विष्फोटन गराएका हुन । बम विष्फोटनपछि जिएमआर अपरकर्णाली छोड,राष्ट्रघाती सम्झौता खारेज गर भन्ने नाराजुलुस लगाएको स्थानीयबासी हरुले बताएका छन । बम विष्फोटनको जिम्मा विप्लवले लिए पनि आधिकारिक धारणा प्रेस विज्ञप्ती मार्फत जानकारी दिइने विप्लव समुहका अछाम जिल्लाका जिल्ला सेक्रेटरी भरत सावदले जानकारी दिए ।बम विष्फोटपछि जिएमआर कार्यालयमा रहेको सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

आयोजनाको प्रभावित क्षेत्र गस्ति थालिएको पाल्तडा स्थित प्रहरी चौकीले जनाएको छ । गयराती आयोजना स्थल नजिकै बम विस्फोट भएपछि दैलेख सदरमुकाम बाट प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल सहित जनपथर शसस्त्र डिएसपी सहतिको टोली घटना स्थल तर्फ गएको छ ।

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *