माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – राजधानीको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातिर्थमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।

सडकको वाल उठाउन खन्ने क्रममा माटोको ढिस्को खस्न पुगेको थियो । मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका वडा नम्बर १ का प्रकाश घर्ती र प्रेम पुनको रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर शंकर खड्काले जानकारी दिए । उनीहरुलाई घाइते अवस्थामा ओम समाज अस्पताल कलंकीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *