माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, तीन जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिरहाको मिर्चैया नगरपालिका ६ जीवा टोल नजिकै रहेको बजरंग सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्कोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
श्री नम्बर १ वन तथा पर्यावरण सुरक्ष गण भित्र रहेको सामुदायिक वनमा माटो खन्ने क्रममा धनुषाको धनुषाधाम नगरपालिका ८ भिमानका १७ वर्षिय सुदिप आलेमगर ढिस्कोमा परी मंगलवार मृत्यु भएको छ । मिर्चैयाँ नगरपालिका ६ मा रहेको मामाघर आएको आलेमगर माटो लिन गएका बेला ढिस्कोमा परी मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालले बताए ।

माटोको ढिस्कोमा परी मिर्चैया नगरपालिका ६ की २१ वर्षिया मुना मगर, २२ वर्षिया पूजा मगर र २३ वर्षिया कन्चन मगर समान्य घाईते भएको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *