मागका आधारमा तरकारीको बिउ बितरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सन्धिखर्क नगरपालिकाले कृषकहरुलाइ उन्नत जातका तरकारीको बिउ बितरण गर्न शुरु गरेको छ । कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, फुल काउली, ब्रो काउली, प्याज र केराउको बिउ बितरण गर्न शुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनु भयो ।

कृषकहरुलाई बिउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कृषिको बिकास बिना आर्थिक समृद्धि नहुने भएकाले तरकारीको बिउ बितरण गरेको बताउनु भयो । उहाँले उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाकी नराख्ने बताउनु भयो ।

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले कषि पेशालाई निर्बाहमुखीबाट ब्यबसायीक बनाउन सबैलाई आग्रह गर्नु भयो । कार्यक्रम कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *