माईतीघरमा देखियो भिन्नै नारा ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन, भारतीय दलाल होसियार’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभर फैलीएको कोरोना महामारी र यसले नित्याएको लकडाउनको अवधिमा विश्वभर भएका घटनाहरुले विश्वकै ध्यान तान्न सफल भएको देखिएको छ ।

नेपालमा पनि समयक्रम अनुसार विभिन्न किसिमका आन्दोलन, विरोध,सभाहरु भईरहेको पाईएको छ । विहिबार माईतीघरमा पनी यस्तै देख्न पाईएको छ । सरकारको काम कारवाहिकै विरोध हुदैआएकोमा विहिबार प्रधानमन्त्री ओलीको सर्मथनमा प्रर्दशन भएको देखियो । सरकारको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट युवाहरुले बिहीवार माइतीघरमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्। युवा संघका नेता वकिल बम, सन्तोष सिलवालहरुको नेतृत्वमा उनीहरुले प्रधानमन्त्री ओली तस्विर बोकेर नारा बाजी गरेका थिए। बदलीदो नेपालको राजनीतीक अवस्था अनुसार प्रदर्शन पनी बदलीएको छ ।

नेकपामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि राजनीतिक माहोल तातेको छ। प्रधानमन्त्रीले आफूलाई हटाउन भारत लागिपरेको बताउँदै आएका छन्। पार्टीभित्रबाट समेत प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न माग उठेका बेला युवाहरु सडक प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरुले ‘वैदेशिक हस्तक्षेप बन्द गर’, ‘सम्पूर्ण देश प्रेमी नागरिक एक हौं’, ‘भारतीय दलाल होसियार’, ‘आज होइन भोलिलाई हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाएका थिए। विश्वमहामारी र लकडाउनकाबीच राजनीतीमा पनी छिटो छिटो परिर्वतन देखिन थालेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *