महोत्तरीमा भएको सवारी दुर्घटनामा कांग्रेस नेताको मृत्यु, १९ जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महोत्तरीमा रोकिराखेको ट्रकमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मंगलबार बिहान काठमाडौँबाट जनकपुरधाम आउने क्रममा बर्दिबाँस नगरपालिका वडा नम्बर ५ टुटेश्वर चौक नजिक ना ५ ख ६४११ नम्बरको बस उखुँ लोड गरेर रुकेको अवस्थामा रहेको ना ४ ख ९८१३ नम्बरको ट्रकमा ठक्कर दिँदा गम्भीर घाइते भएका मनरा सिस्वा नगरपालिका वडा नं।९ का ५८ वर्षीय ललन कुमार रायको मृत्यु भएको हो ।

घाइते भएका रायको विराटनगरको नोभेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबाँसले जनाएको छ ।

त्यस्तै उक्त दुर्घटनामा १९ जना घाइते भएको छन् । घाइते मध्ये १२ जना सामान्य उपचार पछि घर फर्केका छन् भने ७ जना अहिले बर्दिबाँसको अस्पतालमा उपचार गरारहेको महोत्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएको राय नेपाली कांग्रेस महोत्तरीका महासमितिका सदस्य थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *