महोतरीमा तस्करले नै आक्रमण गर्छन सुरक्षाकर्मीलाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महोतरीको मटिहानी नगरपालिको मटिहानी गाउ भारतीय सीमावर्ती गाउँ मधवापुरसँग टाँसिएको छ । दशगजामा पनि घर रहेकाले त्यहाँ नेपाल र भारतको बस्ती ठम्याउन गाह्रो पर्छ । सशस्त्र प्रहरीको मटिहानी बीओपीका सुरक्षाकर्मीले तस्करी गर्ने भारतीयहरुलाई निकैबेर सम्झाए ।तर नाकामा शनिवार साझ भारतीयहरुले तस्करीकै समान ओसारपसार गर्न सशस्त्र प्रहरीसँग निहुँ खोजे ।

डयुटीमा खटिएका सशस्त्र प्रहरी हबल्दार नरेन्द्र भण्डारीलाई ईटले नै हिर्काई घाईते बनाए । लगत्तै भारतीयहरु ३०–४० जना समूहमा भेला भएर नेपाल छिर्न बलजफ्ती गर्न थाले । नाका आधा घण्टासम्म तनावग्रस्त हुनपुगे । नाका सिल रहेका बेला तस्करीका लागि सुरक्षाकर्मीसँग भिडन आएका भारतीयहरुलाई नेपाली र भारतीय अर्ध सुरक्षा बल एसएसबीको समन्वयपछि मात्रै तितरबितर भए ।

अहिले नाकामा मेन टु मेन कन्टयाक्टमा सुरक्षाकर्मी तैनाथ छ । त्यसले तस्करी ठप्प छ । तस्करले मान्छे उचालेर आक्रमण गराइरहेका छन ।तस्करी गर्नेहरुलाई अहिले उकुसमुकुस भएको छ । भारतको विहारमा लकडाउन जारी रहेपनि उनीहरु नाकामा जोरजर्बजस्ती गरेर तस्करीका समान छिराउन प्रयासरत छन । नाकामा सानो–सानो टुकडीमा बसेका सुरक्षाकर्मीलाई आक्रमण गरेपछि टोली मर्ज हुने ग्याप ठाउँबाट तस्करीको समान छिराउन पाउने मनसायले पनि उनीहरुले आक्रमण बढाएको सुरक्षा अधिकारीहरुको आँकलन रहेको छ ।

मटिहानी सिमा नाका रातिको समयमा दैनिक जसो ठूलो परिमाणमा मदिरा सुन छोकडा,मरिच,मटर नेपालबाट भारत जाने गरेको छ भने भारतबाट खैनि, गुटखा, रजनिगंधा, जर्दा, कपडा, हार्डवेयरका सामान र किरानाका सामानहरु तस्करी हुने गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *