महिला बालबालिका मन्त्रालयलाई नमूना मन्त्रालय बनाउछु : मन्त्री लिलानाथ श्रेष्ठ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले मन्त्रालयलाई नमूना मन्त्रालय बनाउने बताउकाछन् ।

बिहीबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पदवाहाली गर्दै मन्त्री श्रेष्ठले आफुले हात हालेका कामहरु आफुले राम्रोसँग पुरा गर्ने गरेको जानकारी गराउँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई नमूना मन्त्रालय बनाउने बताएकाहुन । मन्त्री श्रेष्ठले तराइ, मधेश लगायतका क्षेत्रहरुमा महिला हिंसा, बलात्कार, बालविवाह, आत्महत्या लगायतका घटनाहरु बढी रहेकोले त्यस्ता घटना न्युनिकरणका लागि चुनौती रहेको बताए ।

सरकारले शिक्षामा जोड दिएको भएपनि अझैपनि धेरै बालबालिकाहरु शिक्षाको पहुँच बाहिर रहेको,वृद्धवृद्धाहरुले कष्ठकर जीवन बिताइरहेको घटनाहरु धेरै भएकाले मन्त्रालयको काम चुनौतीपूण रहेको बताउदै मन्त्री श्रेष्ठले नीती, योजना तथा कार्यक्रम अनुसार आफु अघि बढ्ने बताए ।

उनले पूर्वमन्त्रीहरुले बनाएका राम्रा योजना तथा कार्यलाई आफुले निरन्तरता दिने भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतको खोजी गरी आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाएकाछन् ।

 

कोरोना संक्रमणको अवस्थामा कसरी काम गर्ने भनेर योजनाका साथ अगाडी बढ्नुपर्ने मन्त्री श्रेष्ठले बताए । सरकारले विश्वास गरेर नै मन्त्रालयको जिम्मेवारी दिएको भन्दै आफु काम गर्न नै मन्त्रालयको जिम्मेवारीमा आएको उनले बताए ।

उनले आफुले नीतिगत काममा लागि पर्ने र त्यसमा राष्ट्रसेवक कर्मचारीहरुले सहयोग गर्नुपर्ने समेत बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *