महाशिवरात्रीको तयारी पुरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आउँदो शुक्रबार हिन्दुहरुको पवित्र पर्व महाशिवरात्रिको पशुपतिनाथ मन्दिरमा तयारी तिव्र पारिएको छ । भगवान शिवको आराधनाको लागि विशेष मानिने सो पर्वको लागि नेपालका विभिन्न ठाउँ सहित भारतबाट समेत आउने साधुहरु विशेष आकर्षणको केन्द्र बन्ने गरेका छन् ।

हरेक वर्ष शिवरात्रिको लागि हजारौं साधुहरु पशुपति आउने गर्दछन् । साधुलाई पर्व समापनपछि दक्षिणासहित बिदाइको समेत व्यवस्था छ । गुठी संस्थानले ५० लाख रुपियाँको हाराहारीमा पर्व मनाउँदैछ भने साधुलाई त्रिदिवसीय रूपमा मालपुवा, खिचडी, दही, फलफूल तथा नगद दक्षिणासहित बिदाइ व्यवस्था गरेको छ ।

कालमोचन घाटका साधुसन्तले परम्पराअनुसार साधुको स्वागत तथा बिदाइ कालमोचन घाटबाटै गरिने प्रचलनलाई यथावत राख्न अनुरोध गरेका छन् । वि.सं १९०३ को कोतपर्वमा मारिएका भाइभारदार गाडिएको स्थानमा साधुको पाउ परोस् भनेर कालमोचनमा साधु आउने र बिदाइ गर्ने प्रचलन रहेको छ ।

पशुपति विकास कोषका अनुसार, पर्व अगावै आएका साधुलाई भागवतानन्द आश्रम, अन्नपूर्ण आश्रम र रणोद्दीपसिंहको नित्य श्राद्ध भान्सामा भोजन व्यवस्था गरिएको छ । गोश्वाराले साधुसन्तलाई कुनै असजिलो नहोस् भनेर साधु रहेका स्थानमा अनुगमन व्यवस्था पनि मिलाएको छ । कोषका अनुसार धुनीका लागि ४५ हजार किलो दाउरा ल्याइएको छ ।

पशुपति र कालमोचन घाटमा साधुको आवागमन चहलपहल बढेपछि यहाँ साधुको क्रियाकलाप अवलोकन गर्न रमितेको भीडभाड हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयले यो क्षेत्रमा पर्व अवधिभर मासु र मदिरा बिक्री र सञ्चय गर्न निषेध गरेको सूचना जारी गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *