महाशिवरात्रीका दिन बाराका करिब ५ हजार मानिस कावर काफलाका रुपमा चितवनको देवघाटधाममा सहभागी हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाशिवरात्रीका दिन बाराका करिब ५ हजार मानिस कावर काफलाका रुपमा चितवनको देवघाटधाममा सहभागी हुने भएका छन् । जिल्लाका विभिन्न १७२ गाउँहका किशोर किशोरीदेखि वृद्धवृद्धा शिव भगवानको मुर्तीमा जल चढाउन भन्दै कावर काफलामा सहभागि भएका हुने भएका हुन् ।

कावरमा सहभागि हुन उनीहरु बाराबाटै खाली खुट्टा हिडेर देवघाटधाम पुग्ने छन् । पैदल यात्राका क्रममा उनीहरुले दैनिक स्नान सहित लसुन प्याज रहित खानपान गर्छन । सफा चोखो खानपानसँगै यस अवधिमा विवाहित पूरुषहरु समेत पत्नीको संसर्गमा नहुने कावरमा सहभागि हुन्छन । यस यात्रामा सहभागिलाई काफला भन्ने गन्छि । यो सदियौं पुरानो परंपरा हो ।

पारिवारिक शुःख, शान्ती समृद्धीका लागि कावर जाने प्रचलन रहेको छ । परिवार र आफ्नो मानोकांक्षा पुरा हुने विश्वास र परम्परालाई जोगाउनका लागि कावर जाने गरिएको अर्का सहभागिले बताए ।

कम्तीमा ५ देखि १० दिनको पदैल यात्रा गरी भगवानलाई जल अर्पणका लागि जानेमा यसपटक ठुलो संख्यामा यूवाहरुको सभागिता छ । यस बाराबाट देवघाट पुग्न कम्तीमा १० दिन लाग्छ । पैदलयात्रामा निस्कीयाका शिवभक्तहरुले आफ्ना लागि आवश्यक खाध्यान्न, लत्ताकपडा, भाँडावर्तन र जल भर्ने साधन साथमा लिएर निश्कीएका छन् । यस वर्षको महाशिवरात्री फागुन २७ गते परेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *