महाराजगञ्ज वृत्तका ३० प्रहरीमा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा वृत्तभित्रै रहेका २० जनपद प्रहरी र १० जना ट्राफिक प्रहरी छन् । महानगरीय प्रहरी परिसरका एक अधिकारीका अनुसार संक्रमित हुनेमा २ जना इन्सपेक्टर समेत छन् । काठमाडौंमा एकै वृत्तमा यति ठूलो संख्यामा कोरोना देखिएको पहिलो कार्यालय हो । पछिल्लो समय काठमाडौंमा कार्यरत प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको पाइएको छ । यसरि भित्रकै प्रहरीहरुमै कोरोना भाईरसको संक्रमण देखिनुको कारण प्रष्टजानकारी आउन सकेको छैन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *