महामारीबाट मुक्त हुन अझै धेरै समय लाग्छ : डब्ल्यूएचओ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोनाले निम्त्याएको महामारीबाट मुक्त पाउन अझै धेरै समय लाग्ने जनाएको छ ।

डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हनम गेहब्रेयससका अनुसार कोरोना भाइरस महामारीको अन्त्य गर्न अझै धेरै टाढा छ ।

कोरोना भाइरसले गर्दा अहिले मानिसहरुले सामान्य स्वास्थ्य सेवा समेत पाउन कठिन भएको छ । बालबालिकाहरूले समयमा नै खोप ल‍गाउन पाएका छैनन् । यस्तो समस्या विशेष गरी गरीब देशमा रहेको डब्ल्यूएचओको प्रमुखले बताएका छन् ।

निकै लामो दूरी पार गर्नुसंगै थुप्रै काम गर्न अझै बाँकी नै रहेको गेहब्रेयससले एक पत्रकार सम्मेलनमा बताएका हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *