महाकालीमा बन्ने भनिएको बहुप्रतिक्षित सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुरको माहाकाली नगरपालिकामा स्थापना हुने बहुप्रतिक्षित सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा गरिएको छ । आइतबार एक बिशेष कार्यक्रमका बीच सुख्खा बन्दरगाह निर्माण क्षेत्रको घोषणा गरिएको हो ।

कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ स्थित मायापुरी बन र गौरीशंकर बन क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको प्राविधिक काम अन्तिम चरणमा पुगेको छ । यसअघि दोधारा चाँदनीकै कञ्चनभोजमा सुख्खा बन्दरगाहका लागि प्रस्ताव गरिएपनि दुईदेशीय सम्बन्ध र समझदारीका कारण स्थान परिवर्तन गरी बन क्षेत्रमा निर्माण गर्न लागिएको हो । बन्दरगाह निर्माणको शुभारम्भ गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले द्रुत गतिमा निर्माण अघि बढाउने प्रतिबद्धता जनाएकाछन् ।

दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन गरी त्रिदेशीय सम्बन्ध जोड्ने अपेक्षा गरिएको छ । बन्दरगाहले त्रिदेशीय सम्बन्ध जोड्ने र पश्चिम नेपालबाट विकासको ढोका खोल्ने विश्वास गरिएको छ । बन्दरगाह निर्माण संगै अन्य विकास निर्माणका कार्यमा समेत सहयोग पुग्ने जनप्रतिनिधिको अपेक्षा छ ।

झोलुंगे पुलले मात्रै नेपालसंग सम्बन्ध जोडिन पुगेको महाकाली नदि पश्चिमको दोधारा चाँदनी क्षेत्र सुख्खा बन्दरगाह, महाकाली नदिमा निर्माणाधिन पक्की पुल र महाकाली करिडोरले प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना रहेको छ ।

बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको महाकाली करिडोरसँगै सुख्खा बन्दरगाह निर्माण हुन लागेको हो । बन्दरगाहको अनुमानित निर्माण लागत १० अर्ब रहेको छ । लगानीका लागि निजी क्षेत्र, सरकार तथा अन्य देशको लगानीका स्रोत खोजी भैरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *