महरा प्रकरणले लीयो नयामोड : रोशनी शाहिले दिईन निवेदन,जिल्ला अदालतले दियो थप पाँच दिन हिरासतमा राख्ने अनुमति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संसद सचिवालयको कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेको निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शनिबारबाट लागू हुने गरी थप ५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले आदेश जारी गरेको हो । दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएका महरालाई जिल्ला अदालतले सरकारी वकिल कार्यालयमा सात घन्टा लामो बयानपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो । महराले प्रहरी समक्ष भने बयान दिएका थिएनन् ।

यसैबीच निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुलाई बलात्कार प्रयास नगरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलास समक्ष निवेदन दिएकी छन् । दोस्रोपटक म्याद थपका लागि महरालाई इजलासमा उपस्थित गराएका बेलामा रोशनीले इजलासमा उपस्थित भएर निवेदन दिएकी हुन् । आइतबार अदालतमा म्याद थपका लागि महरा पुग्दा उनीपछि निवेदन लिएर पुगेकी हुन् । रोशनीले अदालतमा आफूलाई प्रहरीले जबरजस्ती गरी दबाब दिएर जाहेरी दिन लगाएको दाबी गरेकी छन् ।

महरा र आफ्नो पारिवारिक सम्बन्ध भएको र आफूमाथि बलात्कार नगरेको जिकीर उनले गरेकी छन् । उनले प्रहरीले पटकपटक आफूलाई जाहेर दिन बार्गेनिङ गरेको अरोप समेत लगाएकी छन् । शुरुमा महराले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी शाहीले पटकपटक बयान फेर्दै आएकी छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *