बलात्कारको आरोप लागेका कृष्णबहादुर महराले दिए राजीनामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – बलात्कारको आरोप लागेका कृष्णबहादुर महरालाई सभामुख र संसद संदस्य पदबाट राजीनामा दिनु पर्ने ठहर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयले गरेसङगै महराले राजीनामा दिएकाछन ।

मंगलबार बिहान बालुवाटारमा बसेको सचिवालयको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारमाध्यमहरुलाई जानकारी गराएका छन् ।

सभामुख सिद्धान्तस् कुनै दलको सदस्य नरहने मान्यता भएता पनि महरा पूर्व नेकपा माओवादी र हाल नेकपासँग सम्बन्धित मानिन्छन् र सचिवालयको ठहरलाई अवज्ञा गर्न उनका लागि सहज हुने छैन ।

उनको सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई सभामुख महराले बलात्कार गरेको आरोप लगाएकी हुन् । महराले आफूमाथि आइतबार बलात्कार गरेको ती महिलाले सोमबार बताएकी हुन्। त्यसपछि महरा विवादमा तानिएका हुन् ।

सोमबार राति नै उनको सचिवालयले उक्त आरोप निराधार रहेको र महराको चरित्र हत्याको प्रयास भएको दाबी एक विज्ञप्तीमार्फत गरेको थियो।

तर त्यो स्पष्टिकरणले नेकपा, प्रतिपक्षी लगायतलाई आस्वस्त नगरेपछि सचिवालयले उनले पदसँगै ससंद सदस्यबाट राजीनामा गर्नु पर्ने निर्णय गरेको हो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *