महरालाई अस्पतालबाटै अदालत लगिने, म्याद थप्ने तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मगंलबार अदालत पेश गरिने भएको छ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका महरालाई प्रहरीले मंगलबार काठमाडौं जिल्ला अदालत पेश गर्न लागेको हो।

थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थपका लागि उनलाई अदालत पेश गरिन लागेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले नेपालखबरले लेखेको छ ।

उनलाई असोज १९ गते जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीका आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। दशैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण महरालाई अदालत उपस्थित गराइएको थिएन। मंगलबार अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरी तयारी छ।

प्रहरीले महरालाई सोमबार नै अदालत उपस्थित गराउन खोजे पनि सोमबार पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द भएका कारण मंगलबार अदालत पेश गरिन लागेको हो।

प्रहरी हिरासतमै रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि अहिले पनि थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनलाई अस्पतालबाटै अदालत लगिन लागेको हो।

असोज १२ गते राति रोशनीकै कोठमा गएर बलात्कारको प्रयास गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। प्रहरीले पक्राउ गरेपछि उनको संसदबाट पनि निलम्बनमा परेका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *