मल्टिमिडिया अवार्ड जित्दै अनुष्का मिस वर्ल्डको टप ३० मा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – मिस नेपाल अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । उनी ‘मिस वर्ल्ड २०१९’ को टप ३० मा पुग्न सफल भएकी छिन् । लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’ मा उनले ६९औं संस्करणको मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेकी हुन्।हेड टु हेड च्यालेन्ज समेत जितेकी उनले मल्टिमिडिया अवार्ड पनि जितेकी हुन् । मल्टिमिडिया अवार्ड जितेसंगै उनी ‘मिस वर्ल्ड २०१९’ को टप ३० मा पुग्न सफल भएकी हुन् ।

‘मिस वर्ल्ड २०१९’ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर १४ मा हुनेछ । अनुस्कालाई भोट गर्न ‘मोबस्टार’ एप डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसपछि एपमा गएर अनुष्का श्रेष्ठ सर्च गरि उनले पोष्ट गरेका फोटोहरुमा लाईक र कमेन्ट गर्नुपर्नेछ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *