मराठी फिल्मको हिन्दी रिमेक बनाउँदै सलमान खान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौँ। बलिउड अभिनेता सलमान खानले हालै आफ्नो फिल्म ‘राधे’ को शूटिङ सकेका छन् । अब सलमानले अर्को नयाँ फिल्मको शूटिङको काम थालेका छन् । खबरका अनुसार सलमानले सन् २०१८ मा रिलिज भएको मराठी फिल्म ‘मुशली प्याटर्न’ को हिन्दी रिमेक ‘अन्तिम’ मा शीर्ष भूमिका निभाउँदैछन् ।

फिल्ममा सलमान खानसँगै आयुष शर्मा पनि शीर्ष भूमिकामा देखिनेछन् । फिल्मको छायांकन छिट्टै हुने बताइएको छ । महेश माञ्जरेकरको निर्देशनमा बन्ने यो फिल्म मराठी फिल्मको हुबहु कपी भने हुने छैन । फिल्ममा सलमान खान एक प्रहरीको भूमिकामा देखिनेछन् ।

फिल्मको छायांकन नोभेम्बरबाट शुरु हुने जनाइएको छ । शुरुमा फिल्मको नाम ‘ग्याङ अफ नर्थ’ राखिएको थियो । पछि नाम फेरेर ‘अन्तिम’ राखिएको हो। यो फिल्मको छायांकन मुम्बई र कर्जतमा हुनेछ । एजेन्सी

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *