मन्त्री बाँस्कोटाले दिए राजीनामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका हुन । प्रतिनिधिसभाको विहिवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै तत्काल उनलाई बर्खास्त गर्न माग गरेपछि सभामुख सापकोटाले सो जानकारी गराएका थिए । प्रतिनिधिसभाको विहिबारको बैठकको शुरुमै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले उनको राजीनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको बताएका थिए ।

सभामुख सापकोटाले शहरी विकासमन्त्रीसमेत रहनुभएका बाँस्कोटाको राजीनामा आइसकेको जानकारी गराउँदै बैठक सञ्चालन गर्न आग्रह गरे पनि काँग्रेसका सांसद आसनबाट उभिइरहेपछि बैठक स्थगन गरिएको छ । त्यसअघि बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले बाँस्कोटाले राजीनामा दिएपछि उनलाई भ्रष्टाचारको कानुनी दायरामा ल्याएर कारबाहीसमेत अघि बढ्नुपर्ने माग गरेकि थिईन ।

प्रधानमन्त्री केपी ओलीले ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्दा कारबाही हुँदैन भनेको स्मरण गर्दै सचेतक भुसालले बाँस्कोटाले राजीनामा दिएका कारण कारवाही हुँदैन भन्न नपाइने बताएकि थिईन । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते अपराह्न १ बजे बस्नेछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *