मन्त्रि खतिवडाद्वारा उत्तरदायी हुँदै सत्यतथ्य समाचार मात्र प्रकाशन-प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गरेका छन् ।

अर्थमन्त्रीसमेत रहेका मन्त्री खतिवडाले आइतबार सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भन्दापनि जस्ताको त्यस्तै जनता समक्ष पुर्‍याउनुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन सरकार र आमसञ्चार माध्यमबीचको सहकार्यको आवश्यकता औल्याएका थिए ।

उनले आम नागरिकप्रति मर्र्यािदत र उत्तरदायी हुँदै सत्यतथ्य समाचार मात्र प्रकाशन÷प्रसारण गर्न पनि सञ्चारमाध्यमलाई अपिल गरेकाछन् । मुलुकमा व्याप्त गरिबीको अन्त्य गर्दै समृद्धि र समतामूलक समाज निर्माण गर्नु सरकारको मुख्य विषय भएको उनको भनाइ रहेको थियो ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएसँगै विवादमा पर्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए । मन्त्री बाँस्कोटाले राजीनामा दिएपछि सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री डा खतिवडालाई सञ्चार मन्त्रालयको समेत कार्यभार तोकेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *