मनास्लु हिमालको सफल आरोहण गरेका बहराइनका राजकुमार नेपाल पर्वतारोहणले गर्र्यो सम्मान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मनास्लु हिमालको सफल आरोहण गरेका बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खालिफालाई नेपाल पर्वतारोहण संघले सम्मान गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खालिफासहितको टोलीलाई प्रमाणपत्र सहित सम्मान गरेको हो ।

बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खालिफासहितको टोलीले बिहीबार बिहान मनास्लु हिमालको सफल आरोहण गरेको थियो । ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल उनी नेतृत्वको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा सफल आरोहण गरेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष सन्तवीर लामाले बहराइनका राजकुमारको हिमाल आरोहरणले पवर्तारोहण पर्यटनको क्षेत्र गौरवान्तीत भएको बताए । उनले यसले नेपालको पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने पनि बताए ।

त्यस्तै बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खालिफाले मनास्लु हिमालको आरोहण गर्दा खुसी लागेको भन्दै अव सगरमाथाको आरोहण गर्ने चाहना रहेको बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *