मनाङमा बाढीले बितण्डा (फोटो भिडियाे सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अबिरल बर्षाका कारण आएको बाढीले मनाङ सदरमुकाम चामेमा ६ वटा घर बगाएको छ । चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर पूर्ण रूपमा क्षति गरेको छ ।

चामे बजारका अन्य घरमा पनि क्षति पु¥याएको छ । सोमबारदेखि परेको अविरल वर्षाले मनाङको जनजिबन प्रभाबित भएको छ । खोलाका बीचमा रहेका सरकारी कार्यालयदेखि निजी घर जोखिममा परेका छन् । चामेस्थित जिल्ला प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको कार्यालय र केही निजी घर खोलामा आएको बाढीको बीचमा परेका छन । मनाङको ताल गाउँका आधा घर पनि डुबानमा परेका छन् ।

बाढी र पहिरोका कारण राष्ट्रिय प्रसारण लाइनका पोलहरु पनि बगाएको छ । बाढीले चामे जलविद्युत आयोजनाको कुलो पनि बगाएको छ भने तिमाङ लघु जलविद्युत आयोजनामा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बाढीका कारण मनाङस्थित तिमाङको बेलीब्रिज समेत बगाएको छ । मावनीय क्षति हुन नदिन प्रहरी र सेना परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *