मध्यरातमा गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति,अनसन तोडियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चिकित्सा शिक्षा सुधारका माग राखेर लगातार अनसनमा रहेका डा गोविन्द केसी पक्ष र सरकारबीच सहमति हुने भएको छ। २७ दिनयता अनसनरत डा। केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक हुँदै गएपछि चौतर्फी दवावका कारण सरकारले सहमति गरेको हो ।

शनिबार राती सरकारी पक्ष र डा.केसी पक्षबीच वार्ता भएपछि सहमति गर्ने निष्कर्ष निस्किएको थियो।मध्यरातमा भएको सहमति अनुसार आइतबार विहान सरकारी पक्ष डा. केसी पक्षसँग हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेर हस्ताक्षर गरेको छ । ८ बुँदे सहमतिसंगै सफई कर्मचारीको हातबाट जुस पीउदै डा.केसीले अनसन तोडेकाहुन ।

बिहीबार वार्ता सकारात्मक भएपनि शुक्रबार एकाएक भाँडिएको थियो । शुक्रबारको वार्ता लगत्तै डा.केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *