मध्यपूर्वमा तनाव चुलिए संगै त्यहा रहेका नेपालीको उद्दारको तयारीमा नेपाल सरकार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी प्रदान गर्नेसहितको तीन महिने कार्यक्रम सार्वजनिक गरेका छन ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहबाट रोजगार आयोजना सञ्चालन गर्ने सहितको कार्यक्रम सावर्जनिक गरेकाहुन ।

वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने, विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउन मन्त्रालयको कार्ययोजना छ । त्यस्तै बिमा र कल्याणकारी कोषवापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गर्ने, दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रक्रिया सम्पन्न गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको मन्त्री यादवले बताए ।

पत्रकार सम्मेलनमा उनले इराकमा रहेका नेपालीलाई ’रेस्क्यु’ गर्ने योजना रहेको जानकारी दिए । परराष्ट्र मन्त्रालयको अगुवाइमा ’एक्टिभ’ टोली बनाउने र पलपलको खबर राख्ने योजना सरकारले बनाएको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले पनि इराकका रहेका नेपालीको तथ्यांक संकलन कार्य भैइरहेको जानकारी दिएका थिए । मन्त्री यादवले जापानमा रोजगारीमा जाने कामदारका बारेमा पनि दुईपक्षिय छलफल गर्ने बताए । मन्त्रालयले थप १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निशुल्क तालिम प्रदान गर्ने, वैदेशिक रोजगारबाट फर्केका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *